काठमाडौँ: यस साता शेयर बजार परिसूचक नेप्सेसंगै कारोबार रकममा उलेख्य वृद्धि भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ४९ अंकले बढेर अन्तिम दिन एक हजार २२९ दशमलब ७७ अंकमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार २८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २५९ दशमलब ३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११ हजार ७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ५५ अंकले बढेर २६० दशमलब ३५ अंकमा आईपुगेको छ ।

यस साता सबै समूहको परिचूचकमा भारी वृद्धि भएको छ । सबै भन्दा बढी निर्जीबन बीमा समूहको परिसूचक १७७ दशमलब ५६ अंक, जीवन बीमा १२८ दशमलब ३१ अंक र उत्पादन मूलक समूहको परिसूचक ७६ दशमलब ०९ अंकले बढेको छ ।

त्यसैगरी बाणिज्य बैंक ३९ दशमलब ३८ अंक, विकास बैंक ३४ दशमलब ७८ अंक, बित्त १० दशाल्मलब ९९ अंक, लघुवित्त ३० दशमलब ०८ अंक, होटल २८ अंक, जलबिधुत ३४ दशमलब ०१ अंक, ब्यापार शुन्य दशमलब ९७ अंक र अन्य समूहको परिसूचक २१ दशमलब ३५ अंकले बढेको छ ।

यस साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक शेयर अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१,५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस साता नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता हकप्रद शेयर, प्रभु बैंकको २३ लाख २६ हजार २८७ कित्ता हकप्रद शेयर र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८३ हजार ३५५ कित्ता वोनस सूचीकरण भएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version