काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशमा जारी साफ च्याम्पेन्सिपमा आज भएको खेलमा आयोजक बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ।
नेपालको यो एतिहासिक जीतका लागि खेलको पहिलो हाफमा बिमल घर्तिमगरको ३३ औं मिनेटको गोल र दोश्रो हाफको सब्स्टिच्युटमा आएका नवयुग श्रेष्ठले ९० औं मिनेटमा नेपालका लागि दोश्रो गोल गर्दै टीमलाई जित दिलाएका हुन् । बिमलले फ्रीक किकबाट आएको बल बायाँ खुट्टाले प्रहार गर्दै बललाई गोलपोस्टको दिशा दिएका थिए ।

यो जितसंगै नेपाल ग्रुप ‘ए’ समूह विजेताबन्दै कुल ६ अंकसहित पहिलो भयो भने पाकिस्तान समूह उपविजेता बनेको छ । नेपाल, पाकिस्तान र बंगलादेशको समान ६ अंक भएता पनि नेपाल कुल गोल अन्तरका आधारमा पहिलो बनेको हो ।
आयोजक बंगलादेश भने अभागी सावित हुँदै प्रतियोगिताबाट वाहिरिन पुगेको छ।