काठमाडौँ :महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो । पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ यादवसँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version