तनहुँ समाचारदाता
बन्दीपुर: हास्य कलाकार बल्छी धु्रब्रे अर्थात मरिचमान श्रेष्ठ स्वदेश तथा विदेशमा हुने सास्कृति कार्यक्रम, मेला तथा महोत्सवमा भ्याई नभ्याई हुन्छ । हालै मात्रै अष्ट्रेलिया समाज गोरखाको नियन्त्रणमा अष्ट्रेलियमा प्रस्तुति दिएर आउनु भएका बल्छी ध्रुबेले बन्दीपुरमा आयोजना गरिएको तनहुँ पर्यटन तथा सास्कृति महोत्सव एवं बन्दीपुर भेटघाट कार्यक्रममा हस्याङ्य फस्याङ्ग गर्दै प्रस्तुति दिन आई पुगे ।
हतार पनि किन नहोस् अर्को ठाउँको निम्त्यो आईसकेको थियो बल्छी धु्रबेलाई । अब चाडपर्वको समयमा धेरै कार्यक्रम हुन्छन् यतीबेला चाड पर्व धेरै हुने भएकोले व्यस्तता बढेको बल्छी धु्रब्रे बताउनु हुन्छ । बन्दीपुरको कार्यक्रमा हास्यव्यङ्य प्रस्तुति दिई बल्छी ध्रुबेले दर्शक उचाले । विशेष गरी उनले आफ्नो प्रस्तुतिमा सामाजिक सञ्जालको सही सदुपयोग गर्न दर्शकलाई आग्रह गरे। बाख्राले फेसबुक चलाएर राम्रोसँग नखाँदा दुब्लाएर आफ्नो बालाई कृषि पेशाबाट घाटा भएको उदाहरण दिंदै उनले प्रस्तुतिमा व्याङ्ग्य प्रहार गर्दै भने ‘बाख्रा दुब्लाएर हाम्रो परिवारलाई घाटा भयो तर फेसबुक चलाएर अध्ययन र पेशा, व्यवसायमा घाटा नहोस् ’ । फेसबुकमा आधुनिकताको नाममा छाडा फोटो नराख्न र कमेन्ट नगर्न पनि बल्छीले आग्रह गरे। पहिले फोटो खिच्ने तरिका र अहिले फोटो खिच्ने तरिकाको फरकलाई क्यारिकेचन मार्फत उनले दर्शकलाई पेट मिचिमिच हास्न बाध्य बताए।

प्रस्तुतिमा बल्छीले नेताहरुलाई पनि व्याङ्ग्य प्रहार गरे । चुनावमा जे गर्छु भनेर जितेको हो त्यो नबिर्सन र गर्न नसक्ने कामको आश्वासन नबाड्न उचित हुने प्रस्तुतिमा सन्देश दिए । साथै बल्छीले विभिन्न गायकले गाउने तरिकाको अभिनय गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए। त्यसो त बल्छीले रमाईला खालका मुक्तक वाचन गरेर पनि दर्शकलाई हँसाए। महोत्सवमा आर्कषणको केन्द्र नायिका मरिष्का पोख्रेल बन्न सफल भइन्। उनको विभिन्न आधुनिक तथा सास्कृतिक नृत्यले दर्शकलाई मनोरञ्जन दिइन् । महोत्सवमा महानायकको उपनामले प्रख्याती कमाउनु भएका राजेश हमाल दर्शकलाई मनोरञ्जन प्रदान गरे। जता गए पनि नायक हमाललाई फ्यानहरुले घेरेर हैरान पारे । हमालसँग सैल्फी खिच्न चाहनेहरुको भिड लाग्यो । महोत्सवमा लोकदोहोरी गायक विन खाती , अक्कल बिरही गुरुङ , गायक सुरज थापा लगायत स्थानीय कलाकारको रहेको थियो ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version