चितवन :नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version