कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् ।

प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । बबिता बमलाई भने रु ३० हजार धरौटीमा छाडिएको छ ।

“बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,” उनले भने। बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए ।

बिष्टको डिएनएसमेत म्याच नभएपछि र प्रमाण नभेटिएकाले साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । हत्याको अनुसन्धान भने जारी रहेको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version