काठमाडौं: नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुस्कर कार्कीसहित तीन डीआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सरकारसमक्ष सिफारिस गरेको छ।

बढुवा सिफारिस भएका अन्य दुई जनामा ठूले राई र धिरु बस्नेत छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए ।

उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव समेत रहेका आईजीपी सर्वोच्द्र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद गत २९ चैत देखि रिक्त रहेको थियो।

डीआईजी कार्की, राई, बस्नेतसहित मनोज नेउपाने र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version