काठमाडौँ: रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा र संञ्चिति कोषबाट शेयरधनीलाइ ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनको लागि छुट्टै ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
रिडीले लाभांश प्रस्ताव लगायतका एजेन्डा पारित गर्न असोज २० गते साधारण सभा पनि बोलाएको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश वार्षिक साभारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।
कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न १०० पर्तिशत हकप्रद सेयर जारी गर्ने पनि बताएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ।
रिडीले गत वर्ष पनि ६ प्रतिशत नै बोनस शेयर दिएको थियो ।
