काठमाडौं: पूर्वराजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरी अहिले घटनास्थलमा छ ।
करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।
छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् ।
प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।
Facebook Comments Box
