काठमाडौँ: साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको पुगेको थियो ।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे । भने मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भए ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version