काठमाडौँ: विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले अर्को कीर्तिमान पनि बनाएका छन्। मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।

यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।

तर ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो।

अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। जारी विश्वकपमा उनले ७ गोल गरे। तर फाइनलमा भने अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको हो।

निर्धारित समय २–२ मा सकिएको खेल अतिरिक्त समयमा पनि बराबरी भएको थियो। अतिरिक्त समयमा खेल ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

यो विश्वकपमा मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए।
त्यो भन्दा बढी त उनले विश्वकप जिताउने ठूलो लक्ष्य पूरा गरे।

यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version