काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।

सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन् ।

उनकाअनुसार यसअघि प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। प्रमुख सचेतक, सचेतक चयन गर्न बाँकी रहेको छ।

स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version