काठमाडौं: हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version