काठमाडौं: राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न समेत निर्देशन दिए ।

राजस्व संकलनमा तुरुन्तै सुधार आउनु पर्ने भन्दै उनले यसमा राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागि आफु तयार रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version