काठमाडौँ: बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएसंगै नेपाली राष्ट्रिय फुटबल टोली विहिबार स्वदेश फर्किएको छ।

नेपाली टोलि बुधबार माल्दिभ्सविरुद्ध खेलमा ३–० ले पराजित भएको थियो।

नेपाललाई यस साफ च्याम्पियनसिपमा फाइनलमा पुगेर नयाँ इतिहास रच्ने सुनौलो अवसर थियो। प्रतियोगिताको सातौ पटकको भेटमा समेत नेपाल माल्दिभ्ससँग विजयी हुन सकेन।

नेपालले साफ च्याम्पियनसिप प्रतियोगिताको ग्रुप स्टेजमा एक खेलमा हार तथा २ खेलमा जित निकालेको थियो। पहिलो खेलमा पाकिस्तान विरुद्ध २–१ ले पराजित नेपाल दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्न सफल भएको थियो।

यस्तै नेपालले आयोजक बंगलादेशलाई २–० ले पराजित गरेको थियो।

साफ च्याम्पियनसिप उपाधि भिडन्त भने अव भारत र माल्दिभ्सबीच हुनेछ। बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले पराजित गरेसँगै उपाधि भिडन्त पक्का भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version