काठमाडौँ: निर्मला पन्तको बलात्कारपछि हत्या अनुशन्धान गर्न भन्दै नेपाल प्रहरी केन्द्रिय कार्यालय तानिएका तत्तकालिन कन्चनपुर जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए परीक्षणका लागि प्रहरीले आफ्नो ल्याबमा पठाएको छ ।

नेपाल प्रहरीका केन्द्रिय प्रबक्ता सैलेश थापा थापा क्षेत्रीका अनुसार प्रहरी मुख्यालयले बिष्ट र उनका छोरा करण र कन्चनपुरका मेयर सुरेन्द्र बिष्टका भतिजो आयुषको पनि डिएनए परीक्षण गर्नका लागि रगतको नमुना लिएको छ।

उनीहरुको ल्याब टेस्ट नेपाल प्रहरीको फोरेन्सिक ल्याबमै त्रिवी शिक्षण अस्पतालका डा हरिहर वस्तीसहितको नेपाल प्रहरीको प्राविधिक टोलिले संयुक्त रुपमा गरिरहेको पनि क्षेत्रीले जानकारी दिए ।

रिपोर्ट आउन केहि दिन लाग्ने, दोषी देखिएका जो कोहि कानूनी कारवाहीका लागि भागिदार हुने पनि उनले बताए । “पीडित पक्ष, जनता र नागरिक समाजको बढ्दो आवजका कारण हामीले उनीहरुको पनि डिएनए परीक्षणका लागि पठाएका हौँ,” क्षेत्रीले पहिलोक्लिकसंग कुरा गर्दै भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version