काठमाडौँ: अनुगमनका क्रममा दुई मासु पसलमा सिलबन्दी गरिनाका साथै अखाद्य केही नष्ट गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा नसिन मासु पसल कङ्लकी र मैत्रीनगर फ्रेस हाउस मैत्रीनगर, कीर्तिपुरले यसअघि अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको र व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको, कुखुरा र खसी काट्ने स्थान एउटै भएको तथा अत्यन्त फोहर रहेकाले सिलबन्दी गरिएको छ ।

अनुगमन अधिकृत खगेन्द्रराज जोशीको संयोजकत्वमा भएको अनुगमनका क्रममा न्यू श्रेष्ठ मिट सेन्टर, कीर्तिपुरबाट खान नमिल्ने रु पाँच हजार बराबरको मासु नष्ट गरिएको छ । हाइजेनिक मिट मार्ट, मैत्रीनगर मिट सेन्टर, कीर्तिपुर र शमशेर आलम मासु पसल, कङ्लकीले खान योग्य र अयोग्य मासुसँगै राखेको, खसी र कुखुराको मासु फ्रिजमा सँगै राखेको, मूल्यसूची अद्यावधिक नगरेको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात देखाउन नसकेकाले आवश्यक कागजात लिई २४ घण्टाभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

त्रिपुरेश्वर औषधिघर, साई फार्मेसी र नीलम औषधि घर, त्रिपुरेश्वरले मिति गुज्रेका औषधि छुट्याएर नराखेको र लागु तथा मनोद्दीपक औषधिको अभिलेख दुरुस्त नराखेको जनाउँदै मिति सकिएको औषधि राख्ने ठाउँ बनाएर राख्नका साथै लागु तथा मनोद्दीपक औषधिको अभिलेख दुरुस्त बनाएर २४ घण्टाभित्र औषधि व्यवस्था विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version