काठमाडौँ : नेपाल सरकार, रोजगारदाता र राष्ट्रिय ट्रेड यूनियनहरूको लामो छलफल पश्चात सहमती भई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७५ साउन १ गते देखि लागू हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
नया“ निर्धारित न्यूनतम पारिश्रमिकको दर चिया बगान बाहेकका श्रमिकहरूका लागि तलव ८ हजार ४५५ रुपैयाँ र महंगी भत्ता ४ हजार ९९५ गरी जम्मा १३ हजार ४५० रुपैयाँ र चिया बगानमा काम गर्ने श्रमिकका लागि तलव ६ हजार ४६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ गरी जम्मा १० हजार ७८१ रुपैयाँ कायम गरिएको छ ।
यो न्यूनतम पारिश्रमिक निर्धारण सबै श्रमिक कामदारको तलव र भत्ता बृद्धि नभई न्यूनतम पारिश्रमिक निर्धारण मात्र भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
