यति विमान दुर्घटनाको छानबिनका गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ:
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको छ।

विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले‍ छानबिनका लागि आयोग गठन गरिएको बताए।

‘दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छ’, उनले भने, ‘गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।’

उनका अनुसार आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्।

आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने रहेका छन्। यो आयोगलाई ४५ दिनको समय दिइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version