काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।

बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version