काठमाडौं: नवनियुक्त उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले मन्त्रालय पुगी जिम्मेवारी सम्हालेका छन्। मंगलबार सपथ लिएका मन्त्री लिङ्देन सपथलगत्तै पशुपतिनाथको दर्शन गर्न पुगेका थिए।

त्यहाँबाट उनी पदीय जिम्मेवारी सम्हाल्न मन्त्रालय पुगेका हुन्। उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ५ वर्षे रणनीति बनाउन सात सदस्यीय कमिटी बनाउने निर्णयमा हस्ताक्षर गरेर जिम्मेवारी सम्हालेका हुन्। कमिटीको संयोजक ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल रहने छन्।

‘कामहरुको बारेमा बिगतको अनुभवलाई समेत हेरेर योजनाबद्ध ढंगले काम गर्नुपर्छ। आगामी ५ वर्षमा के-के कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने भनेर कार्यदल बनाउन लागेका हौं। योजनाबद्ध ढंगले काम गरे मात्र ठोस नतिजा पाउन सकिन्छ,’ मन्त्री लिङ्देनले भने।

उनका अनुसार हरेक मन्त्रालयको आआफ्नै महत्व हुन्छ। ऊर्जासँगै जलस्रोत र सिंचाइ पनि जोडिएकाले अझ बढी महत्वपूर्ण अवसरका रुपमा लिएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version