काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ पूर्वमहामन्त्री समेत रहेका नेता डा. शशांक कोइरालाले भने। उनका अनुसार व्यक्तिकाे विषयमा भने छलफल भएकाे छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो।

राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउनेगरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version