काठमाडौँ: त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्।

उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

‘विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेका छौँ’, उनले भने, ‘उक्त रकम घुस हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। बरामद रकमबारे विस्तृत जानकारी दिनेछौँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version