काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका थिए।

समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा उनीहरूबीच छलफल भएको जनाइएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलको उम्मेदवार टुंगो लगाउने विषयमा पनि छलफल जारी छ। सत्ता साझेदार दलहरूबीच राष्ट्रपति एमालेले लिने समझदारी भएको जनाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version