काठमाडौँ: बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो।

राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ।

राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version