काठमाडौं: रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नेपाली नागरिकता लिने भएका हुन् ।

उनले विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने बताइएको छ । प्रशासनले नियमित प्रक्रियाबाट नागरिकताको प्रमाणपत्र दिने जिप्रका स्रोतले बताएको छ ।

लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पुनः नागरिकता पाउनेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version