काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ।

कांग्रेस संसदीय दल कार्यसमिति बैठकले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

‘संसदीय दल कार्यसमिति बैठक बस्यो। यो अघिको बैठकमा राष्ट्रियसभा उपाध्यक्षका विषयमा विपक्षी दलसँग सरसल्लाह गरेर अघि बढ्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘विपक्षमा रहेका अरु दलका नेताहरुसँग औपचारिक र अनौचारिक छलफल गर्यौं। छलफलमा अरु दलबाट पनि अपोजिसन बेन्चबाट उम्मेदवारी नदिने भन्ने कुरा आएको हुनाले हामीले अहिले उम्मेदवारी नदिने निर्णय गर्यौं।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version