काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरु बीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ सिघ्र र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बताए ।

कोषका प्रशासक गौतमलले हाल कोषमा करिब छ लाख सञ्चयकर्ता रहेको र देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजर बीचको यो सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने बताए ।

उक्त सम्झौता भएपश्चात कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकहरुर्तालाई प्रदान गर्ने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तानी अब राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ्ग डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा हुने छ ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, रिको स्थापित र कर्मचारी सञ्चय कोषका तर्फबाट मूख्य अधिकृतहरु दिपक रौनियार, राजेन्द्र काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version