काठमाडौँ: आज देशका पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहिबार पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version