काठमाडौँ:
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्।

क्यानको आइतवारदेखि सुरु वार्षिक साधारणसभामा बोल्ने क्रममा उनले यसबारे अदालतले गरेको निर्णय आफूहरूले मान्ने पनि बताएका छन्।

बलात्कार आरोप लागेर केन्द्रीय कारागार सुन्धारामा तीन महिनाभन्दा धेरै थुनिएका सन्दीप उच्च अदालत पाटनको आदेशमा गत पुस २९ गते रिहा भएका थिए।

उनलाई त्यसपछि क्यानले माघ १७ गते निलम्बन फुकुवा गर्दै क्यानले राष्ट्रिय टिममा बोलाएको थियो।

राष्ट्रिय टिममा फर्किएपछि उनले आइसीसी लिग डिभिजन २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी त्रिदेशी सिरिजमा सर्वाधिक १३ विकेट लिएका थिए।

सन्दीपले अहिले युएईमा हुने अर्को सिरिजमा जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका छन्। उक्त निवेदनमाथि आइतवार नै सुनुवाइ भइरहेको छ।

अध्यक्ष चन्दले गत पुसमा आयोजित नेपाल टी-२० लिग हुँदा म्याच फिक्सिङमा संलग्नलाई कारबाही गर्न क्यानभित्र कुनै विवाद नरहेको पनि बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version