काठमाडौँ: संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको थियो। तर अपरान्ह जेनेभातर्फ जान लागेकी पौड्याललाई प्रधानमन्त्रीले रोकिदिएका हुन्।
पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो भ्रमण रोकेको हुन सक्ने परराष्ट्रमन्त्री पौडेल बताएकी छन्।
उनी जेनेभा जाने कार्यक्रम परराष्ट्रमन्त्रालयमा आइतवार सार्वजनिक गरेर अपरान्ह त्रिभुवन विमानस्थलतिर हिँड्न तयार थिइन्।
तर प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास वैरागीमार्फत पौड्याललाई त्यसतर्फ नजान निर्देशन दिएका थिए।
मुख्यसचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन सुनाउँदै उनलाई त्यसतर्फ नजान भनेका थिए। त्यसपछि आफूलाई अपमानपूर्वक रोकिएको भन्दै जेनेभा नजाने निर्णय लिएको उनले बताएकी छन्।

