काठमाडौं: गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न सभाहरुमा गएर बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै कर्मचारीलाई कालोमोसो दल्न समेत चेतावनी दिँदै आएका छन् ।

बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । साथै, बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा कारवाही गर्न पनि निर्देशन दिएको उनको भनाइ छ ।

‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको हो,’ उनले भने, ‘यदि संस्थाका कार्यालयहरुमा अराजक गतिविधि भए कारवाही गर्न भनिएको हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version