काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले हिन्दुराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ।

भोलि हुने राष्ट्रपति निर्वाचनमा नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

मंसिर ४ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गएको राप्रपा एमाले–माओवादी गठबन्धन भत्किएसँगै सरकारबाट बाहिरिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version