काठमाडौँ: जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन्।

बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई प्रचण्डले शुक्रबार बिहान बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमल्सिनाका अनुसार क्रिकेट टोलीका सदस्यहरुका लागि भोलि नै पुरस्कार रकम घोषणा हुन सक्नेछ।

‘प्रधानमन्त्रीले विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरुलाई भोलि बालुवाटार बोलाउनु भएको छ’, उनले नेपालखबरसँग भने, ‘सम्मान रकमबारे भोलि नै घोषणा हुनेछ।’

बिहीबार खेलअघि पनि प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका थिए। त्यहाँ पुगेर उनले खेलाडीहरुसँग संवाद गरेका थिए।

यसअघि खेलपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहितका अन्य नेताहरुले नेपाली टोलीलाई बधाई दिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version