विराटनगर : उच्च अदालत विराटनगरले सनम शाक्य हत्या तथा साढे ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा आज रिहा गर्ने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको हो । उक्त सुन प्रकरणमा वरिष्ठ उपरीक्षक लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले नौ प्रहरीसहित ६३ जनाविरूद्ध सङ्गठित अपराध ऐनअनुसार मुद्दा चलाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version