काठमाडौँ: कोरोना भाइरसको संक्रमण आज पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ। चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ। आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताए।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version