काठमाडौँ: धनुषाको विदेह नगरपालिका-६, तिनकौरिया स्थित श्री जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।

कृषि विकास बैंक मधेश प्रदेश कार्यालयको आयोजनामा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोबल मनी सप्ताहको अवसरमा बैंकद्वारा धनुषाको विदेह नगरपालिका-६ मा आयोजित कार्यक्रममा जनता नमूना माध्यमिक विद्यालयमा विभिन्न संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, आसपासका अभिभावक, कृषक समूहका सदस्यहरु, आमा समूहका महिलाहरु लगायतको सहभागिता रहेको कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिनुभयो ।

करिब ७५ जनाको सहभागिता रहेको कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले प्रशिक्षण गर्नुभएको थियो ।

कृषि विकास बैंक, मधेश प्रदेश कार्यालयका निर्देशक नवीन कुमार पाख्रिन लगायत विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डल, बैंकको खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठ र पत्रकारहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक सुवेदीले विश्व आर्थिक मन्दि चलिरहेको सन्दर्भमा नेपालमा यसको नकारात्मक असर पर्न नदिनको लागि हरेक व्यक्तिले आर्थिक कारोबारमा अनुशासन कायम गर्नुपर्ने बताउनु भयो ।

सुवेदीले आर्थिक गतिविधिमा संलग्न गृहणी देखि घरमूली सम्म सबैले बचतको बानी विकास गर्नुपर्ने, विलाशि वस्तुको मात्र उपभोग बढाउनुभन्दा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्न सुझाव दिनु भयो ।

कृषि विकास बैंकले ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको हुँदा हरेक व्यक्तिले बैंकिङ्ग माध्यमबाट आर्थिक कारोबार गर्दा बचत सुरक्षित हुने, आर्थिक कारोेबार पारदर्शि लगायत विभिन्न फाइदा हुने कुरामा उहाँको जोड थियो ।

प्रशिक्षणका क्रममा प्रमुख प्रशिक्षक सुवेदीले बैंकका विभिन्न लगानी प्रोडक्टहरु, डेबिट कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ्ग सुविधाहरु, सफा नोट,चेक लगायत विषयमा जानकारी गराउनु भयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version