काठमाडौँ: सत्ता गठबन्धनको बैठक बेलुका ४ बजे बस्दैछ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।

उक्त भेटले आज गठबन्धनको बैठक बोलाउने निर्णय गरेको थियो।

१० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

त्यसअघि गठबन्धनसम्बद्ध दलहरूको आन्तरिक बैठक बस्नेछ।

सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version