काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन्।

खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताए। राजस्वको आधार बढाउन सकिएको खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै महतले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त बतावरण निर्माण गर्ने बताए।

अहिले अर्थतन्त्र समस्यामा रहेकाले अप्ठ्यारोमा परेको परिवारले जस्तैगरी काम गर्ने उनले बताए। खर्च गर्नेपर्ने क्षेत्रमा मात्रै गर्ने र खर्च गर्न नहुने क्षेत्रमा खर्च कटौति गर्ने बताएका छन्।

‘अहिले हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौँ। राजस्वभन्दा बढी साधारण खर्च छ। अर्थतन्त्रको समर्ग मागमा कमी आएको छ। विभिन्न क्षेत्रमा लगानी शिथिल भएको छ,’ डा. महतले भने।

राजस्वको आधार संकुचित हुँदै गएकाले राजस्व बढाउने दिशामा काम अगाडी बढाउने दिशामा काम गर्ने डा. महतले बताएका छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगमा विदेशी लगानी भित्र्याउने दिशामा काम गर्ने उनले बताएका छन्।

निजी क्षेत्रलाई भार नपर्ने गरी राजस्व दरभन्दा दायरा बढाउने दिशामा काम गर्ने उनको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version