काठमाडौँ: पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version