काठमाडौं: सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकबाट न्यूनतम साझा कार्यक्रम पारित गरिएको हो ।

गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो ।

आजै संसद्को बैठकपछि साँझ ५ देखि साढे ५ बजे सिंहदरबारमा सार्वजनिक गरिनेछ ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समय ५ बजे भनिए पनि संसद्को बैठक कति समय चल्छ, त्यसका आधारमा केही समय ढिला हुन सक्ने उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version