काठमाडौँ: अख्तियार दुरुपयोग अुनसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जनाविरुद्धविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले पौडेलविरुद्ध ६९ करोड ८ लाख विगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले ९ जनाविरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिगो माग गरेको छ ।
पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङकको खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का लिएर काम गरेको उनीहरुविरुद्ध अख्तियारको आरोप रहेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।

