एजेन्सी:
वारिस पञ्जाब दे का प्रमुख अमृतपाल सिंहलाई पञ्जाब पुलिसले ३६ दिनपछि पक्राउ गरेको छ।

उनलाई पञ्जाबको मोगा जिल्लास्थित रोडे गाउँको गुरुद्वाराबाट आइतवार बिहान ६ बजेर ४५ मिनेटमा पक्राउ गरिएको हो।

त्यसपछि पञ्जाब पुलिसले उनलाई बठिन्डाको एयरफोर्स स्टेशन लगेको छ। जहाँबाट उनलाई अब असमको डिब्रुगढ जेलमा लगेर थुनिँदैछ।

गुरुद्वारा ग्रन्थीका अनुसार अमृतपाल शनिवार राति रोडे गाउँ पुगेका थिए। बिहान गिरफ्तारीअघि उनले गुरुद्वाराको ग्रन्थीसँग पाँच ककार (केश, कृपाण, कंघा, कडा र कच्छा) मागेर पहिरिएपछि प्रवचनमार्फत स्थानीयलाई सम्बोधन गर।

अमृतपालका निकटहरुले नै उनले आत्मसमर्पणको योजना बनाएको जानकारी पुलिसलाई दिएका थिए। पुलिसले भिड जम्मा भएर माहोल बिग्रिन नदिन सतर्कता अपनाएको थयो। तर सादा पोशाकमा पुगेको प्रहरीले उनलाई बिहानै गिरफ्तार गर्यो।

अब पञ्जाब पुलिस र इन्टेलिजेन्स अधिकारी उनलाई लिएर बठिन्डा एयरपोर्ट पुगेका छन्। जहाँबाट उनलाई असमको जेलमा राख्न लगिँदैछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version