काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त रावत (सीके) ले बारा क्षेत्र नम्बर २ अन्तर्गतका ठाउँ ठाउँमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन्।

खासगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव नै निर्वाचन आचारसंहिताविपरीत मतदान केन्द्रमै पसेको आरोप पनि उनले लगाएका छन्।

‘बारा २ को उपचुनावमा धाँधली भइरहेको छ। पचतरौताको बेलडारी बुथमा हाम्रा कार्यकर्तालाई जसपाका कार्यकर्ताले छिर्न दिएका छैनन्’, उनले भने, ‘देवतालको छिटकैया बुथमा पनि त्यस्तै छ। त्यहाँ इच्छाइएको व्यक्तिले अरुको मतदान गर्न पाउने भनिएको थियो।’

बारामा २ वटा मतपत्रसहित जसपाका नेता पक्राउ

राउतले देवतालकै २ नम्बरमा मेयरको भाइले नै बुथ कब्जा गरेको आरोप लगाए। ‘पचरौता ४ मा पनि हाम्रो प्रतिनिधिलाई छिर्न दिइएको छैन। मतदान केन्द्रमा मुख्यमन्त्री यादव आफैं छिरेका छन्’, उनले भने, ‘जसपाका कार्यकर्ताहरुले हाम्रा कार्यर्ताहरुलाई हिँडडुल गर्न दिएका छैनन्। प्रहरी प्रशासन पनि सत्ता पक्षसँग लागेर हिँडिरहेका छन्।’

उनले चुनाव भने आफ्नो पार्टीले जित्ने दाबी गरे। ‘यहाँ हाम्रो पार्टी जित्दैछ तर निष्पक्ष निर्वाचन हुन सकेन। निर्वाचन क्षेत्रको नहरभन्दा दक्षिणतिर निकै भयावह अवस्था छ’, उनले भने, ‘प्रहरी प्रशासनको मिलेमतो भएको छ। नेता कार्यकर्ताकै सुरक्षा भएको छैन। जनताले स्वतन्त्र रुपमा मतदान गर्न सक्दैनन्।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version