काठमाडौँ:
चितवन क्षेत्र नम्बर २ मा सोमबार दिउँसो १ बजेदेखि मतगणना थाल्ने सर्वदलीय सहमति भएको छ।

मतगणना सुरु गर्नेबारे छलफल गर्न बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय लिएको हो।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार ९ बजेबाट बसेको बैठकबाट यस्तो सहमति जुटेको हो।

आइतबार बेलुकी नै मतपेटिका संकलन भइसके पनि कांग्रेस र एमालेले रवि लामिछानेविरुद्ध परेको उजुरीको टुंगो लागेपछि मात्रै मतगणना सुरु गर्न दिने बताएपछि रोकिएको थियो।

लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार गरेको आरोपमा कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ। त्यहीँ बसेको बैठकले मतगणना गर्ने सहमति जुटाएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version