काठमाडौँ: लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्।

नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनको लागि वैशाख १४ गते बिहीवार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न उनले आह्वान गरेका हुन्।

संविधानको सो धारा र उपधारामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सोमबार पदमुक्त भएका थिए।

नेकपा (एमाले) का नेतासमेत रहेका गिरिले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ। आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version