काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्।

मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।

उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो।

दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरूरी रहेको बताएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version