काठमाडौं: प्रतिनिधिसभाले टुंगो नलगाउँदै राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुंग्याएको छ ।

संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समिति मध्येको संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था छ । त्यसका लागि राष्ट्रियसभाले आज नाम टुंग्याएको हो ।

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको थिए । अध्यक्षले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ ।

अब राष्ट्रियसभाका तर्फबाट यी तीनजना सदस्य रहन्छन् । बाँकी १२ जना प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्छन् । यसअघि सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको बैठकले संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति गरेका छन् ।

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी तथा सरकारले नियुक्त गर्ने राजदूतको सुनुवाइ गरी नियुक्ति सिफारिस गर्ने गर्दछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version