काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएका छन् ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् ।

केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे ।

वर्षाका कारण अहिले खेल रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version