काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन सकारात्मक भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताए । सचिव शाहका अनुसार एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा छ ।

‘रवि जीलाई सरकारमा ल्याउन छलफल भएको छ । एउटा पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने र अर्को पक्ष ल्याउनु पर्छ भन्ने छ,’ बैठकपछि शाहले भने, ‘उहाँहरु सरकारमा आउन खोज्नु भएको छ । सकेसम्म उहाँलाई सरकारमा ल्याउने हो । उहाँ मात्रै होइन जनमत पार्टीलाई समेत सरकारमा ल्याएर बलियो बनाउने हो ।’

बैठकमा अधिकांश नेताहरुले सरकार बलियो भए काम गर्न सजिलो हुने भएकाले रास्वपालाई सरकारमा ल्याउनु पर्नेमा जोड दिएको उनले बताए । शाहले सबैलाई सरकारमा समेट्न बैठकमा सकारात्मक छलफल भएको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version